Home » Uncategorized » स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी बिरागनटरमा सुरु

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी बिरागनटरमा सुरु


२५ चैत, बिराटनगर । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी बिरागनटरमा सुरु भएको छ ।
गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा केन्दि्रत हुने वताइएको छ ।

शुक्रबार बिहान गोष्ठीको उदघाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचन निश्पक्ष एवं भयरहित वातवरणमा सम्पन्न गराउन सरकारले सुरक्षाको अवस्था हेरेर रणनीति तयार पारेको बताए ।

उनले निर्वाचन शान्तिपूर्ण र एकै चरणमा गराउनका लागि सुरक्षा योजना तयार पारिएको बताउदै निर्वाद रुपले निर्वाचनमा सहभाागी भई आफनो मताधिकारको प्रयोगनगर्न सवैलाई आग्रह समेत गरे ।

उदघाटन समारोहमा बोल्दै गृह सचिव लोकदर्शन रेग्मीले संघीय शासन प्रणालीको लाभ पहिलो पटक जनताले लिने भएकाले त्यहि अनुसार अगाडी वढ्न सुरक्षा प्रमुखहरुलाइ आग्रह गरे ।

रेग्मीले यो निर्वाचन सम्पन्न गराउनु सबैको ऐतिहासिक दायित्व भएकाले सबैले आ-आफ्नो ठाउँबाट निर्वाचनलाई हेरेर अर्जुनदृष्टिका साथ काममा लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले निर्वाचनका लागि अब सीमित समयमात्र बाँकी रहेकाले सरकार र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न सुरक्षाकर्मीहरु उच्च मनोवलका साथ लाग्नुपर्ने वताए ।

कार्यक्रममा क्षेत्रिय प्रशासकसहित पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता छ ।

source : onlinekhabr.com

Comments & Responses

Comments are closed.