Home » Uncategorized » स्थानीय तह निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्वन्धी २ दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज धनगढीमा सुरु

स्थानीय तह निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्वन्धी २ दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज धनगढीमा सुरु


निर्वाचन आयोगको आयोजनामा स्थानीय तह निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्वन्धी २ दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज धनगढीमा सुरु भएको छ ।
स्थानीय निर्वाचनका लागि सुदुरपश्चिमका ५ र मध्यपश्चिमको १ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिने उक्त कार्यक्रममा सात नम्बर प्रदेशबाट डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्ला तथा मध्यपश्चिमको बर्दिया जिल्लाबाट ५२ जना मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सहभागी भएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।

निर्वाचन आयुक्त ईला शर्माको प्रमुख आतिथ्यमा सुरु गरिएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आयुक्त शर्माले सम्पूर्ण कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रमा इमान्दार, लगनशिल र निष्पक्ष भएर लाग्न निर्देशन दिँदै निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयसँग कुरा भइसकेकाले निर्धक्क भएर काम गर्न निर्देशन दिइन् ।

Source : onlinekhabar.com

Comments & Responses

Comments are closed.