Local Election 2017

UPDATE MAY 2017

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी बिरागनटरमा सुरु

२५ चैत, बिराटनगर । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी बिरागनटरमा सुरु भएको छ ।

गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा केन्दि्रत हुने वताइएको छ ।

शुक्रबार बिहान गोष्ठीको उदघाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचन निश्पक्ष एवं भयरहित वातवरणमा सम्पन्न गराउन सरकारले सुरक्षाको अवस्था हेरेर रणनीति तयार पारेको बताए ।

उनले निर्वाचन शान्तिपूर्ण र एकै चरणमा गराउनका लागि सुरक्षा योजना तयार पारिएको बताउदै निर्वाद रुपले निर्वाचनमा सहभाागी भई आफनो मताधिकारको प्रयोगनगर्न सवैलाई आग्रह समेत गरे ।

उदघाटन समारोहमा बोल्दै गृह सचिव लोकदर्शन रेग्मीले संघीय शासन प्रणालीको लाभ पहिलो पटक जनताले लिने भएकाले त्यहि अनुसार अगाडी वढ्न सुरक्षा प्रमुखहरुलाइ आग्रह गरे ।

रेग्मीले यो निर्वाचन सम्पन्न गराउनु सबैको ऐतिहासिक दायित्व भएकाले सबैले आ-आफ्नो ठाउँबाट निर्वाचनलाई हेरेर अर्जुनदृष्टिका साथ काममा लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले निर्वाचनका लागि अब सीमित समयमात्र बाँकी रहेकाले सरकार र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न सुरक्षाकर्मीहरु उच्च मनोवलका साथ लाग्नुपर्ने वताए ।

कार्यक्रममा क्षेत्रिय प्रशासकसहित पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता छ ।

Source : onlinekhabar.com

भोलि फागुन १८  देखि निर्वाचन आचार संहिता लगाउने तयारी ।

निर्वाचन अयोगले भोलि  फागुन १८  देखि मन्त्रीहरुमाथि निर्वाचन आचार संहिता लगाउने भएको छ । यससँगै आयोगको सहमति विना कर्मचारीको सरुवा, बढुवा, नियुक्ति र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न रोक लाग्नेछ ।

स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी

१६ फागुन, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेपाली सेनाले नै अन्तिम घेरामा बसेर सुरक्षा दिने जिम्मेवारी पाउने भएको छ ।

रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जस्तै सुरक्षाको तीन घेरामध्ये अन्तिम बाहिर घेराको जिम्मा नेपाली सेनालाई दिने बार छलफल अगाडि बढाएको हो । निर्वाचन आयोगको प्रस्तावमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुले त्यसबारे गृहकार्य गरिरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने र उच्च सुरक्षा व्यवस्था मार्फत चुनावलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेपाली सेनाको समेत सहयोग लिन लागिएको हो ।

अहिलेसम्मको गृहकार्य अनुसार नेपाली सेनालाई मतदान केन्द्रसम्म र मतदाताको प्रत्यक्ष सम्पर्कमा जान नदिइने गरि सुरक्षा रणनीति प्रस्ताव गरिएको छ । उत्त स्रोतका अनुसार मतदान केन्द्रको करिब साँढे दुइ किलोमिटरको दुरीबाटै सेनाले सुरक्षा दिनेछ ।

मतदान केन्द्र बाहिर दोस्रो घेराको सुरक्ष सशस्त्र प्रहरी र मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरीले गर्नेछ ।

यस्तै निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसार पसारको जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा लिनेछ । दुवै प्रहरीले सुरक्षा दिन नसकेको अवस्थामा भने तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ ।

यस्तै मतदान केन्द्रमा झडप, हुलदंगा वा ‘बुथ क्याप्चर’ को प्रयास भएमा नेपाली सेना स्थिति नियन्त्रणमा नआउँदासम्म मतदान केन्द्रमा परिचालन हुन सक्नेछ । र, पुन मतदान प्रक्रिया शुरु भएमा सेना पछि हट्नेछ ।

तर, त्यसरी असामान्य अवस्थामा सेना मतदान केन्द्रसम्म जान भने प्रमुख जिल्ला अधिकारी वा निर्वाचन आयोगको अनुमति चाहिनेछ । अधिकाश प्राप्त अधिकारीको निर्देशनविना सेनाले गस्ती बाहेक कुनै कारबाही गर्न नसक्ने प्रारम्भिक प्रस्ताव छ ।

यसैगरी निर्वाचन आयोगले अत्यावश्यक सामाग्री ढुवानी, मतपत्र सुरक्षाको सबै जिम्मेवारी भने नेपाली सेनालाई नै दिने इच्छा देखाएको छ । निर्वाचनको पूर्ण सुरक्षाका लागि आयोगले त्यस्तो इच्छा देखाएको हो ।

अहिले गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षा घेराबारे गृहकार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ । सबै विषय प्रारम्भिक छलफलको चरणमा नरहेकाले कस्तो सुरक्षा घेरा बन्न भन्नेबारे बोल्न नसकिने मन्त्रालयका एक सहसचिवले बताए ।

Source:Onlinekhabar.com

Nepal’s election commission has announced the timetable for upcoming civic polls.

According to the timetable, names of candidates need to be filed on April 29.
This comes just days after Nepal’s government announced that civic polls will be held on May 14. According to the commission, candidates who wish to run for office will have to file their candidacy on April 29 (10 am-5 pm_ at the respective election offices.
A final list of candidates will be published on May 2, the commission said at a programme in the capital on Wednesday. Similarly, on poll day, voting will take place from 7 am to 5 pm.

Election Time Table By Election Commission PressRelese11112073